Advertisement

आईपीएलमा गुजरातले मुम्बईलाई ३६ रनले हरायो

Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको छ।
टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो। शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाए। जोश बटलरले २४ बलमा ३९ रन जोड्दा कप्तान शुभमन गिलले ३८ रन बनाए। शेर्फेन रदरफोर्डले १८ रनको योगदान दिए। मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए भने ट्रेन्ट बोल्ट, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एक-एक विकेट लिए।

१९७ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ६ विकेट गुमाएर १६० रनमै समेटियो। सूर्यकुमार यादवले ४८ रन बनाए भने तिलक वर्माले ३९ रन जोडे। नमन धीर र मिचेल सान्टनेरले समान १८ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले ११ रनमा सीमित भए। गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्णले दुई-दुई विकेट लिए भने कागिसो रबाडा र शाई किशोरले एक-एक विकेट हात पारे।
गुजरातको यो पहिलो जित हो भने मुम्बईले लगातार दोस्रो हार बेहोरेको छ।

आईपीएल अन्तर्गत आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स भिड्नेछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज