Advertisement

गणतन्त्रका कुरालाई जनतासम्म पुर्‍याउन जागरण सभा गर्दै एमाले

Advertisement

बझाङ- नेकपा (एमाले) जिल्ला कमिटी बझाङले गणतन्त्रका कुराहरुलाई जनता सम्म पुर्याउनका लागि जागरण सभा गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पानकोटमा नागरिक समाज र पत्रकारहरु संग गणतन्त्रको पक्षमा गरिएको अन्तरसंवाद कार्यक्रममा जनताहरुलाई गणतन्त्रको बारेमा सचेतना फैलाउनुपर्ने सुझाव आएपछी उक्त जागरण सभाको आयोजना गर्ने नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए । शनिबार गरिएको अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले पार्टी भित्र पनि आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका थिए । राजनितीकदलहरुका केहि नराम्रा कामहरुले पनि राजावादीहरु सलबलाउन थालेको सहभागीहरुको भनाई थियो ।

राजतन्त्र आएपछी केहुन्छ भन्नेकुरा हिजोको राजावादीको आन्दोलनको घटनाले देखाई सकेको संविधान सभासदस्य तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य अफिलाल ओखेडाले बताए । राजतन्त्रले यसरीनै हत्या, हिंसा गर्ने भएकाले हिजोको आन्दोलनले उक्त कुराको पुष्टि गरेको बताए । कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका पुर्व सभामुख अर्जुनबहादुर थापाले गणतन्त्रको पक्षमा जनचेतना फैलाउन सबैलाई आग्रह गरेका छन् ।

अहिले राजावादीहरुले गणतान्त्रीक व्यवस्थालाई हतोउत्साहित गराउन खोजेको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंहले आरोप लगाएका छन् । हिजोको आन्दोलनको क्षतीपुर्ति ज्ञानेन्द्र शाहलाई तिराएर प्रकाउ गर्नुपर्ने सिंहले बताए । पार्टी केन्द्रको सर्कुलर अनु्सार चैत १८ गते हुने जागरण सभामा जनतामा आएका निरासालाई चिर्ने र गणतन्त्रका विषयमा सचेतना फैलाउने नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष दिल बहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज