Advertisement

आज विश्व क्षयरोग दिवस मनाइँदै, उपचारका दायरामा आउने न्यून

Advertisement

आज मार्च २४ तारिख, विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

यो वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यो दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ।

सुदूरपश्चिममा चालू आर्थिक बर्षको १० महिनामा ६४ जनाको मृत्यु, बिरामीको संख्या बढ्दै
सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक बर्ष २०८१्,,८२ को १० महिनामा ६४ जनाको क्षयरोग (टिभि) संक्रमणबाट मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवसको अवसरमा धनगढीमा भएको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
यस अघिका आर्थिक बर्ष २०८०्०८१ मा १ सय १६ जनाको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । यस्तै आर्थिक बर्ष २०७९्०८० मा २ सय २१ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य निर्देशनालय डोटीका क्षयकुष्ट अधिकृत मनोज ओझाले सुदूरपश्चिममा सबै भन्दा बढी क्षयरोगका बिरामीहरु कैलाली र कञ्चनपुरमा रहेको बताए । उनले सरकारले बर्षै पिच्छे बजेट घटाउनाले पनि चुनौति थपिएको बताए । सन् २०५० भित्र मुलुकलाई क्षयरोग मुक्त अभियान लिएको उनले बताए । ८० प्रतिशत बिरामीको फोक्सोमा र बाँकी २० प्रतिशतको मात्र अन्य अंगमा क्षयरोगको संक्रमण देखिने गरेको उनको भनाई रहेको छ । सुदूरपश्चिममा प्रदेशमा ५७ प्रतिशत क्षयरोगका बिरामीहरु अझै पत्ता लगाउन नसकेको निर्देशनालयको तथ्यांक रहेको छ । ४३ प्रतिशत मात्र बिरामीहरु मात्र सम्पर्कमा रहेको जनाएको छ । प्राय क्षयरोगको संक्रमण ६५ बर्ष भन्दा माथिका व्यत्तिहरुमा देखिने गरेको स्वास्थ्यकर्मीहरुको अनुभव रहेको छ ।
यस्तै बरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले व्यवस्थापन पक्ष केहि फितलो र आफुहरु त्यसमा चुकिरहँदा लक्ष्य अनुसारको काम हुन नसकेको बताए । उनले रहेक तहलाई सबैले प्रश्न गर्न आवश्यक रहेको औल्याए ।
प्रदेशमा क्षयरोगीको संख्या धेरै भएपनि परीक्षण गर्ने गर्न नसकेको स्वास्थ्यमर्कीहरुले नै स्वीकार गरेका छन । समुदायस्तरमा क्षयरोगीहरुले परीक्षणसमेत गर्ने गरेका छैनन् । स्थानीय तहहरुले रोगको पत्ता लगाउन विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको भए पनि प्राप्त भएको छैन् । प्रदेशमा क्षयरोगीको रोगको पहिचानसमेत नभएर मृत्यु हुँदै आएको छ ।
धनगढी उपमहानगरपालिकामा कार्यरत स्वाथ्यकर्मी कृष्ण पन्तले सबै क्षयरोगीको उपचार नभएको बताए । उनले लक्ष्य अनुसारको कामसमेत नभएको बताए । क्षयरोगीको पहिचान र उपचार निःशुल्क हुन्छ । प्रदेश सरकारले रोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशभित्र क्षयरोगका कारण वर्षेनि ज्यान गुमाउनेको संख्या घट्न नसकेको तथ्यांक रहेको छ । विश्य क्षयरोग दिवसको अवसरमा स्वाथ्य कार्यालय कैलालीले धनगढीमा रहेको दृष्टी फाउण्डेशन र मानवसेवा आश्रममा रहेकाहरुको स्वास्थ्य समेत परीक्षण गर्ने भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार क्षयरोग एक सरुवा रोग हो। जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ। एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने गर्दछ।

नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन्। हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन्। तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ।

क्षयरोगको निदान औषधिबाटै हुन्छ। यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ। यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइन्छ। औषधि खाँदा खानेकुरा बार्नुपर्दैन।

नेपालमा भएका क्षयरोगका बिरामीमध्ये ४० प्रतिशत बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमान छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज