धनगढी- कैलालीको कैलारी गाउँपालिकाले कार्यालय सहयोगीको निधनमा आज शोक विदा दिएको छ।
गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी चञ्चला चौधरीको यही चैत ८ गते निधन भएकाले शोक विदा दिएको हो।
पालिका भरि आइतबार आज एक दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अति आवश्यक सेवा बाहेक शोक विदा दिएको गाउँपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ।

