Advertisement

सुदूरपश्चिममा व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह गरेको छ ।
प्रदेश सरकार,आर्थिक मामिला मन्त्रालय मातहतको स्वरोजगार विकास कोषले सहकारी संस्थासँगको वित्तीय साझेदारीमार्फत २ हजार ९ सय १६ विपन्न व्यक्तिलाई विनाधितो ६० करोड दुई लाख कर्जा उपलब्ध गराउन थालेको हो ।

कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले कोषबाट थोक कर्जा प्राप्त गरेका सहकारीमार्फत विपन्न व्यक्तिले बढीमा तीन लाखसम्म सहुलियत ब्याजदरमा खुद्रा कर्जा प्राप्त गरिरहेको बताए ।
कोषको कार्यक्रमको पहुँच प्रदेशभरिका सबै पालिका तहमा भने पुगेको छैन । ३७ स्थानीय तहमा कोषको पहुँच पुगेको छ । यी स्थानीय तहमा सञ्चालित ९९ सहकारीसँग वित्तीय साझेदारी गरेर कर्जा प्रवाह गरिरहेको छ । बाँकी ५१ स्थानीय तहमा कोषको पहुँच विस्तार गरी कर्जा प्रवाह गर्ने प्रयास भइरहेको छ ।
’कर्जा प्रवाहबाट विपन्न एवं बेरोजगार व्यक्ति ससानो व्यवसाय गरेर भए पनि स्वरोजगार भएको पाइएको छ’, निर्देशक तिम्सिनाले भने, ’हरेक लक्षित समुदायमा कर्जा पुगेर उनीहरु स्वरोजगार बनुन् भन्ने कोषको लक्ष्य छ । ’वित्तीय संस्थाको पहुँचमा नपुगेको क्षेत्रका विपन्न एवं बेरोजगारले पनि कोष मार्फत् कर्जा लिएर स्वरोजगारका व्यवसाय गर्न सक्ने जनाइएको छ ।
प्रवाह भएको कर्जाको असुली सम्बन्धित सहकारीले गर्ने जनाइएको छ । विसं २०७९ पुसदेखि कर्जा प्रवाह गर्न थालेको कोषले तोकिएको मापदण्ड पूरा गरेका सहकारीलाई मात्र थोक कर्जा प्रवाह गर्ने गरेको छ । दार्चुला, बझाङ र बाजुरा जिल्लाका स्थानीय तहका सहकारीका लागि २० देखि ३० लाख थोक कर्जा प्रवाह गर्ने मापदण्ड तोकिएको छ ।
बैतडी, डोटी, डडेलधुरा र अछामका स्थानीय तहका सहकारी संस्थाका लागि ३० देखि ५० लाखको थोक कर्जा दिन सकिने मापदण्ड निर्धारण गरिएको छ । कैलाली र कञ्चनपुरका सहकारी संस्थाका लागि ५० देखि ८० लाख कर्जाको सीमा तोकिएको छ । कोषबाट थोक कर्जा पाउन विभिन्न मापदण्ड तोकिएका छन्। कोषको विनाधितो सहुलियत दरमा कर्जा पाउने समूहमा वैदेशिक रोजगारीबाट फर्किएका युवायुवती, नियमित अध्ययन छाडेका शैक्षिक बेरोजगार, उद्यम गर्न चाहेर पनि पूँजीको अभाव झेलेका, द्वन्द्व पीडित, आपङ्ग, घाइते, बेपत्ता तथा सहिद परिवार, एकल महिला, उत्पीडित जाति, जनजाति, लोपोन्मुख, पिछडिएको क्षेत्र तथा महिला, गरिबीको रेखामुनी रहेका व्यक्तिलाई राखिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज