धनगढी- कैलालीको गेटामा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु भएको छ।
फागुन ८ गते गोदावरीको गेटास्थित आरबी फ्लोर मिल नजिकै से ७ प ५५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाइते भएका ७४ वर्षीय बल्के लुहारको मृत्यु भएको हो । फागुन २३ गते अस्पतालबाट उपचार गरेर डिस्चार्ज भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ बस्ने लुहारको बिहीबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।
उनकाअनुसार लुहारको मृत्युअघि नियन्त्रणमा लिइएका चालक शुक्लाफाँटा-१२ बस्ने २८ वर्षीय मानबहादुर राना उनी डिस्चार्ज भएपछि छुुटेका थिए तर मृत्यु भएपछि भने प्रहरीको सम्पर्कमा रहेको बताइएको छ।

