धनगढी- कैलालीको फूलबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै निर्वाचित भएको छ । आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा क्याम्पसको सभापतिमा नेविसंघका भुवनराज जोशी ५३ मत ल्याएर निर्वाचित भएका हुन् ।
जोशीका प्रतिस्पर्धी अनेरास्ववियुका आलोक तामाङले ३६ मत पाएका थिए ।
यस्तै स्ववियु सचिवमा अखिल (समाजबादी) का सिमा बिक र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का सरस्वती बिक विजयी भएका छन् । उक्त क्याम्पसमा अनेरास्ववियुविरुद्द नेविसंघ, क्रान्तिकारी र समाजबादीले तालमेल गरेका थिए ।

