धनगढी- अछाममा बहुविवाह कसुरमा एक महिला प्रकाउ परेकी छन् ।
जिल्लाको तुर्माखाँद गाउँपालिका ४ चिसिकी २४ वर्षीया तुलसी बुढा बहुविवाह कसुरमा प्रकाउ परेकी हुन् ।
बहुबिवाह कसुरमा २०८१ असाढ ६ गते १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३ सय ३३ रुपैया जरिवाना तोकिएकोमा हालसम्म फरार गरिएकी बुढालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सोमबार दिउँसो १२: ४० बजे प्रहरी चौकि तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ। प्रकाउ परेकि महिलासँग बहुबिवाह गर्ने पुरुष भने अझै फरार रहेका छन् ।
बुढा घरमा श्रीमती हुँदाहुँदै सौतामा आएकी थिइन् ।

