Advertisement

सुदूरपश्चिममा कांग्रेस-एमालेबीच राजनीतिक नियुक्ति गर्नेमा सहमति

Advertisement

सत्तारूढ गठबन्धनको सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका विभिन्न राजनीतिक नियुक्ति सम्बन्धी पदमा भागबण्डाको आधारमा तत्काल पदपूर्ति गर्न नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस–एमालेबीच भागबण्डा गरेर राजनीतिक नियुक्ति गर्ने सहमति जुटेको बताइएको छ ।

नियुक्तिको खाका बनाउने जिम्मेवारी मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई दिइएको छ। बैठकमा प्रदेश सरकारका काम कारवाहीलाई थप प्रभावकारी बनाउन गहन छलफल गरिएको एक नेताले बताएका छन्। साथै, रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरू सहमतिका आधारमा चाँडै पदपूर्ति गर्ने निर्णय समेत भएको छ।

सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका प्रादेशिक अस्पतालका अध्यक्षहरूको कार्यकाल अन्त्य हुने समय नजिकिएको छ। त्यसैगरी, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानका पदहरू पनि रिक्त हुने क्रममा छन्। नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले यी पदहरू सहमतिका आधारमा भागबण्डा गरेर पूर्ति गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो। बैठकमा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री शाह, एमाले संसदीय दलका नेता रावल लगायतका नेताहरू सहभागी थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज