Advertisement

पालिका टिमले गरेको काममा आफूले गरेको भन्दै अफवाह फैलाउँदै एमाले नेता धामी

Advertisement

धनगढी- बझाङमा नेकपा एमालेका एक नेताले पालिकाको टिमले गरेको कामलाई एमाले गरेको भन्दै अफवाह फैलाएका छन् । एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका दल बहादुर धामीले दुर्गाथलि गाउँपालिकाको टिमले गरेको कामलाई एमालेले गरेको भन्दै अफवाह फैलाएका हुन् ।

एमाले नेता धामीले मंगलबार आज विहानै सामाजिक संजाल फेसबुकमा लेख्दै दुर्गाथलि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा नेतृत्वको टिमले गरेको कामलाई एमालेले गरेको भन्दै अफवाह फैलाएको पाइएको छ ।

एमाले नेता धामीले आफ्नो फेसबुकमा पोष्ट गर्दै भनेेका छन्, दुर्गाथली गाउँपालिकाका वडा नं. ५,६ मा विद्युतिकरणका लागि आफुले पहल गरेको “हामी जनताको काममा विश्वास गर्दछौं । बझाङ दुर्गाथलि वडा नं ५ का केन्द्रीय विद्युत बल्न बाँकि रहेका जाप्रि बुढामेल बाईकाट्या गिर्पु बिन्नीबिसौना समेतका टोलहरु, वडा नं ६ चुवाबन र वडा नं ७ मा केन्द्रीय विद्युत बाल्न सफल हुनेभएका छौं । हाम्रो प्रस्तावित १,५५,३१,६४१.६९( एक करोड पच्पन्न लाख एकतिस हजार छ सय एकचालिस रुपैया उनासत्ररी पैसा) को फाईल सदर भएको छ । धेरै धेरै धन्यवाद विद्युत प्राधिकरण केन्द्रीय कार्यालयका लोकेन्द्र साउद र नवराज ओझालाई ।”
तर, पालिका अध्यक्ष दिल बहादुर थापाले एमाले नेता दलबहादुर धामी प्रति लक्षित गर्दै पालिकाले गरेको शुरुगरेको कामको जस नलिन चेतावनी दिदैँ  कागजपत्र अध्ययन गरेर मात्र बोल्न भनेका छन् । उनले भने पालिकामा सबै पार्टीका नेता कार्यकर्ता, समाजसेवीहरुले दुर्गाथलीको विकासका लागि गरिने पहल लाई स्वागत गरिन्छ तर पालिकाले गरेको कार्यलाई राजनीततिक रुपमा जसलिन खोज्नु लज्जित लाग्ने विषय भएको बताएका छन् ।
विगतमा पनि दुर्गाथलि गाउँपालिकाले गरेको काममा एमाले नेता धामीले मैले गरेको भन्दैँ फेसबुकमा पोष्ट गर्ने गरेका थिए । उनको कार्यशैली कहिलेकाहीँ बझाङ्गतिर जाने गएका बेला भएका कामको फोटो फेसुकमा राखेर आफ्नो पहलमा भएको भनि जसलिन खोज्नु धामीको पुरानै बानी रहेको स्थानीयहरुले बताउने गरेका छन् ।

यता पालिका अध्यक्ष थापाले आज विहान सामाजिक संजाल फेसबुकमा एउटा पोष्ट लेख्दैं पालिकाको आफ्नो टिमले गरेको काम लाई एमाले नेता दल बहादुर धामीले व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागि दुर्गाथलीको केही वडामा विद्युतीकरणका लागि पहल गरेको भनि सामाजिक संजालमा प्रचार गर्नुले आफु अचम्मित भएको बताएका छन् ।

पालिका अध्यक्ष थापाले आफ्नो फेसबुक वालमा लेखेका छन्”
“दुर्गाथली गाउँ पालिकाको जाफ्री टोल र अर्को बाइकाट्टे, छान्याखोला, सैन दौला, चुवाबन बिधुत लायन बिस्तारको लागि बिधुत प्राधिकरण बाट थप बजेट पालिकाबाट माग भै  १. ३१,००,०००/००  २. १,५५,३१,६४१/६९  बजेट बिनियोजन भै लाईन बिस्तारको काम केहि दिनमा अगाडी बढ्दै छ  । तर सामाजिक संजालमा  नेता , नेताका कार्यकताले प्रचार गलत प्रचार प्रसार गरेको देख्दा अचम्म लागेर आउन्छ यिनीहरु जन्म झुट्को राजनिती गर्न लाइ भएको हो कि जस्तो लाग्छ | नेपाल बिधुत प्राधिकरणको पत्रलाइ लाइ पनि राम्रो सँग अध्ययन  गर्दा पनि प्रष्ट हुन्छ कि दुर्गाथली गाउँ पालिकाको मिती २०८१/०९/२४ चलानी न.४४३ बझाङ बितरण केन्द दर्ता न.२५१ को पत्र अनुसार बिनियोजन गरेको बजेटलाइ मैले  आफै बोकेर लिएको फायललाइ मैले गरे भन्न अलि लाज मानु पदैन नेता ज्यु के जनता अझै गवार छन जस्तो लाग्छ र ? कागजात सबै अध्यन गरि दिन हुन अनुरोध छ ।

पालिका अध्यक्ष दिलबहादुर थापाले पहल गरेका फाइलहरु

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज