धनगढी- कैलालीको टीकापुर विमानस्थलमा तारा ऐअरले प्रत्येक सोमवारमात्रै उडान भर्ने भएको छ। यसअघि साताको तीन दिन विमानस्थलमा उडान भर्ने बताएको ताराले अबदेखि एक दिन मात्र उडान भर्ने भएको हो।
तारा एअरले टीकापुर नगरपालिकालाई मिति २०८१ फागुन १९ गते एक पत्र पठाउदै सोमवार हप्ताको एक दिन मात्र उडान भर्ने उल्लेख गरेको छ। नगरपालिका र तारा एअरबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं. १ अनुसार मार्च महिनादेखी जहाज नेपालगञ्ज बेस नहुने भएकाले फ्लाईट सङ्ख्या घटाएको बताएको छ।

