धनगढी- बझाङमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ।
गय रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जयपृथ्वी नगरपालिका- ७ तमैल बजार नजिकै पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अहिले भर्खरै खुलेको छबिसपाथिभेरा गाउँपालिका-१ का अध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए । जयपृथ्वी नगरपालिकाको जेसिवी प्रयोग गरेर राजमार्ग खोलिएको हो ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका थिए। अहिले उक्त राजमार्ग खुलेपछि बिहानैदेखि रोकिएका सवारी साधन आआफ्नो गन्तव्य तिर लागेका छन् ।

