धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का वडाध्यक्ष करनजंग बहादुर सिंहलाई सम्मान गरिएको छ ।
वडाध्यक्ष सिंहले जनता र पार्टीका लागि प्रशंसनीय कार्य गरेको भन्दै नेपाली काँग्रेसले सम्मान गरेको हो ।
नेपाली कांग्रेस छविसपाथिभेरा गाउँ कार्यसमितिको बृहत सम्मेलनमा वडाध्यक्ष सिंहलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ ।
वडाध्यक्ष सिंहलाई प्रदान गरिएको सम्मान पत्रमा
नेपाली कांग्रेस बझाङ जिल्ला छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा १४ औं अधिवेशनबाट वडा सभापति र २०७९ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भई छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मटेला वडा तथा गाउँपालिकाबाट बिनियोजित बजेट जनताप्रति उत्तरदायी बनाउँदै थप अन्य सामाजिक कार्यहरूप्रति तपाई श्री करन जङ्ग बहादुर सिंहले गरेका कामकाजको उच्च मूल्यांकन र कदर गर्दै छबिसपाथिभेरा गाउँपालिकाले र खप्तडछान्ना गाउँपालिकाबाट समेत सम्मानित हुनुभएका व्यक्तिलाई मिति २०८१/११/१५ गतेको दिन यस छविसपाथिभेरा गाउँ कार्यसमितिले आयोजना गरेको स्थानीय कार्यक्रमबाट उच्च सम्मान गर्दै प्रोत्साहन स्वरुप यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।
सिंहले समाजको भलाइका लागि विशेष योगदान दिने कार्य गरिरहनु भएको छ ।
अध्यक्ष सिंहले विभिन्न ठाउँबाट पाएको सम्मानले आफूलाई थप समाजिक कार्य गर्ने इच्छाशक्ति हौसला प्रदान गरेको बताए

