Advertisement

बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

Advertisement

धनगढी- बालेन शैलीमा कञ्चनपुरको एक स्थानीय तहले ग्रामीण सडकमा डोजर फेसनको नक्कल गरेको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिकाले ममंगलबार चवन्नी बजार क्षेत्रमा डोजर फेसनको नक्कल गरेको हो ।

देशका अधिकांश शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर तथा उपमहानगरपालिकामा डोजर चलाएर प्रमुखहरूले चर्चा कमाइरहेको बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गरेका स्थानीयले बताए ।

पालिकाले जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने चवन्नी बजारको सडकलाई कतै ३० , कतै १२ त कतै ६ मिटर बनाउन पक्की संरचनानै भत्काउन तम्सिएपछि स्थानीयहरू आक्रोशित हुनुका साथै बिरोधमा उत्रिएका छन् ।

स्थानीय कृष्णा थापाले भनिन् नगरपालिकाले स्थानीयसँग समन्वय, छलफल तथा सहमति बिनै एकलौटीरुपमा शासन गर्न थालेको छ । हामीले बारम्बार पालिकामा गएर छलफल तथा समन्वय गरौ भन्दा अध्यक्ष ज्यू नै उपस्थिति नहुने गरेको उनलेे सुनाइन् ।
त्यस्तै अर्का स्थानीय विक्रम खड्काले अध्यक्ष रानाले जनतालाई त्रसित पार्न आफ्नै घरमा डोजर चलाएका जानकारी दिए ।

कुनै अध्ययन नगरी, पालिकाले कुनै योजना नबनाई ठाडो आदेशको भरमा डोजर चलाएर सर्वसाधारणको घर भत्काउने कार्य गरेको पालिका उपाध्यक्ष शान्ति नाथले बताइन् । उनी भन्छिन् पहिला स्थानीयलाई पालिकामा उपस्थित गराएर बाटो बनाउने निर्णय गरेको तर अहिले पालिकाले सडक छेउछाउमा भएका घर तथा टहरा भत्काउने थालेको छ, यो सरासर जनता माथि अन्याय हो ।
कार्यपालिकामा आफ्नो बाटो बनाउने निर्णयमा सहमति भएपनि घर टहरा भत्काउने निर्णयमा भने सहमती नरहेको उनको दाबी छ । उनलेे थप्दै भनिन् यो क्षेत्र ठूलो भिडभाड हुने ठाउँ पनि होइन ,यो गाउँको बजार हो, जेठ–बैशाखमा यहाँका सडकहरू सुनसान हुन्छन् । १२ मिटर सडक बनाउँदा पनि हुन्थ्यो , यसो गर्दा स्थानीयका घर टहरा पनि जोगिन्थे । जुन नगरपालिकाले डोजर चलाउने कार्य गरिरहेको छ यो सरासर गलत हो।

संघीय सरकारको योजनाअन्तर्गत सडकलाई १२ मिटर स्तरोन्नति गर्नुपर्ने भए पनि पालिका अध्यक्ष रानाले यहीँ मौकामा कतै स्थानीयको घरटहरा नै जाने गरि ३० मिटर सम्म सडक फराकिलो पार्दे सर्वसाधारणका घर भत्काएर चर्चा कमाउने होडबाजी सुरु गरेको आरोप छ ।

यसविषयमा कामना टुडेले अध्यक्ष राना सँग बुझ्न खोदा फोन उठेन ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज