Advertisement

मुकेश कुमार थापाको नेतृत्वमा निजामती कर्मचारी संगठन बझाङ सुदृढीकरणतर्फ

Advertisement

बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको १३औँ जिल्ला अधिवेशनले मुकेश कुमार थापालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। थापाको नेतृत्वमा संगठनलाई सुदृढ र कर्मचारीको हकहितमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

अध्यक्ष थापासँगै १९ सदस्यीय जिल्ला समिति गठन भएको छ। समितिमा धर्मराज जोशी उपाध्यक्ष, बिन्दु चन्द उपाध्यक्ष (महिला), दिपक बोहरा सचिव, नरेश ओली उपसचिव, र हर्क बहादुर सार्की कोषाध्यक्ष चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष मुकेश कुमार थापाले आफ्नो सम्बोधनमा संगठनको उन्नयन र कर्मचारीहरूको हकअधिकार सुनिश्चित गर्न सबै कर्मचारीहरूलाई एकताबद्ध बनाउन नयाँ योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। “संगठनलाई थप सुदृढ बनाउँदै, सबै कर्मचारीको मञ्चका रूपमा विकास गर्न निरन्तर काम गरिनेछ,” थापाले भने।

थापा संगठनभित्रको अनुभवी नेतृत्वकर्ता हुन्। उहाँले विगतमा संगठनका विभिन्न तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संगठनका उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान दिनु भएको छ। सहभागीहरूले थापाको नेतृत्वमा संगठनले झनै प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी पदाधिकारी र सदस्यहरूले नयाँ समितिले संगठनलाई अझ संगठित र प्रगतिशील बनाउने विश्वास व्यक्त गरे। अधिवेशनले जिल्ला समितिको नेतृत्वलाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ सम्पन्न भएको छ।

नयाँ नेतृत्वले छिट्टै पहिलो बैठक राखी संगठनका प्राथमिकताहरूलाई अघि बढाउने योजना बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज