Advertisement

उधोगमन्त्री दामोदर भण्डारीले भने प्राधिकरणको पत्रको आधारमा सेयर किनबेच रोक्का नगर्नु

Advertisement

काठमाडौं – उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् ।

प्रक्रिया नपुर्‍याई  गैरकानुनी टेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादसँग जोडिएका उद्योग (कम्पनी)हरुको शेयर किनबेच रोक्न नमिल्ने बताउँदै मन्त्री भण्डारीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट आधिकारिकरुपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सो पत्रको आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएका थिए ।

बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएको भरमा कम्पनीहरुको शेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् । जवाफमा अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले शेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको बताउँदै यससम्वन्धमा निर्णय नभईसकेको जवाफ दिएका थिए ।

स्रोतका अनुसार मन्त्री भण्डारीले अधिकारीले भने, ‘यसरी शेयर किनबेच रोक्न मिल्दैन । यो कानुनसम्मत छैन् । शेयर किनबेच रोक्का गर्ने भए पनि आधिकारिक निकायबाट पत्र आएर प्रक्रियासम्मतरुपमा गर्नुपर्छ । जुनसुकै संस्थाले पत्र पठाउँदैमा शेयर किनबेच रोक्ने र फकाउने गर्न थाल्यो भने त बेथिति हुन्छ।’

कम्पनी रजिष्ट्रारको कार्यालयले प्राधिकरणको पत्रको आधारमा उद्योगहरुको शेयर किनबेच रोकेर अनावश्यक दुःख दिएको भन्दै उद्योग मन्त्रालयमा गुनासो गरेका थिए । गुनासो बढेपछि आज मन्त्री भण्डारीले यस विषयमा चासो दिएका हुन् । साथै, मन्त्रीले मन्त्रिपरिषदमा पनि डेडिकेटेड तथा ट्रंकलाइनको महशुलको समस्याबारे छलफल भइरहेकोले यस विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयले एकपक्षीयरुपमा काम गर्न नहुने अधिकारीलाई बताएका थिए ।

यसअघि प्राधिकरणले डेडिकेटेड तथाa ट्रंकलाइनको महशुल विवादसँग जोडिएका उद्योगका सञ्चालकहरुले लगानी गरेको उर्जा कम्पनीहरुको बिजुलीवापतको भुक्तानी रोकेपछि सर्वोच्च अदालतले यस्तो भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज