Advertisement

नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Advertisement

बझाङ: नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। लामो समयदेखि रोकिएको अधिवेशनले पार्टीलाई सुदृढ बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनमा दिल बहादुर भण्डारि २०८ मतका साथ अध्यक्षमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी कलक बहादुर खड्काले १५३ मत प्राप्त गरेका थिए।

निर्वाचित अध्यक्षको प्रतिवद्धता

निर्वाचित अध्यक्ष दिल बहादुर  भण्डारीले अधिवेशनपछि बोल्दै पार्टीको हितका साथै जिल्लाको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “बझाङलाई समृद्ध बनाउन एमालेको भूमिका अझ महत्वपूर्ण हुनेछ। पार्टीको नीति र विचारलाई गाउँगाउँसम्म पुर्‍याउन मेरो नेतृत्वले कुनै कसर बाँकी राख्ने छैन।”

सचिव र उपसचिवको धारणा

नवनिर्वाचित सचिव नयन बोहराले अधिवेशनले पार्टीभित्र एकता र सहकार्यलाई थप सुदृढ बनाएको बताउँदै भने, “पार्टीले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म मजबुत रूपमा उपस्थिति जनाउने वातावरण सिर्जना गर्नेछ। कार्यकर्तालाई अझ सक्रिय बनाउन मेरो भूमिका रहनेछ।”
त्यस्तै, उपसचिव पंकज भण्डारीले पार्टीको संगठनात्मक संरचनालाई बलियो बनाउन काम गर्ने बताए। उनले भने, “युवाहरूलाई पार्टीसँग जोड्न र जनताको सेवामा एमालेको प्रभावकारी उपस्थिति देखाउन म लागिपर्नेछु।”

जिल्ला कमिटीमा सर्वसम्मत चयन

अधिवेशनमा महेश जोशी सर्वसम्मत रूपमा जिल्ला कमिटी सदस्यमा चयन भएका छन्। जोशी दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता थिए। हाल उनी नेकपा एमाले दुर्गाथली गाउँपालिका इन्चार्जका रूपमा क्रियाशील छन्। उनको सर्वसम्मत चयनले पार्टीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

अन्य पदमा निर्वाचित हुनेहरू:

उपाध्यक्ष: लालबहादुर विष्ट २१७ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी प्रयागराज जोशीले १२१ मत पाए।

उपसचिव महिलातर्फ: राधा विष्ट खत्री १६६ मतका साथ विजयी भइन्। उनका प्रतिस्पर्धी पार्वती कुवर भण्डारी (१०३ मत) र जुना जाग्री (६९ मत) पराजित भए।

जिल्ला कमिटी सदस्यहरू:

जिल्ला खुला (५ जना):

ईश्वर द्वाल (२१६ मत)

ऐन दौल्याल (१६१ मत)

कलक खत्री (१४९ मत)

गोविन्द ढाँट (१३४ मत)

राकेश सिंह (१४१ मत)

खुला महिला (३ जना):

पार्वती देवी जप्रेल (१६९ मत)

भगवती बोहरा (१८४ मत)

सावित्री विष्ट (१७१ मत)

खुला युवा (१ जना):

प्रविन्द्र बहादुर धामी (१८८ मत)

दलित खुला (६ जना):

गणेशलाल विक (१७१ मत)

धन बहादुर दमाई (१३४ मत)

प्रकाश विक (१२५ मत)

प्रेम सुवर्णकार (१५७ मत)

मदन बहादुर विक (१३७ मत)

शंकर बहादुर रसाईली (१९५ मत)

दलित युवा (१ जना):

सुरेश नेपाली (११८ मत)

जनजाति (१ जना):

श्याम लामा (१६२ मत)

अधिवेशनको विशेषता

अधिवेशनमा कुल ४०२ मतदाता मध्ये ३८९ जनाले मतदान गरेका थिए। लामो समयपछि सम्पन्न यो अधिवेशनले पार्टीका सदस्यहरूमा नयाँ ऊर्जा थपेको छ। अधिवेशनको समापन समारोहमा सहभागीहरूले पार्टीको एकतामा नयाँ नेतृत्वको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरेका थिए।

भावी योजना

नयाँ नेतृत्वले बझाङ जिल्लालाई विकास र समृद्धिको नमुना बनाउने योजना अघि सारेको छ। अध्यक्ष भण्डारीले पार्टीभित्र अनुशासन, विकास, र समन्वयलाई प्राथमिकतामा राख्ने बताए। सचिव बोहराले कार्यकर्ता र जनताको समन्वयमा पार्टीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

नेकपा एमालेको यो अधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज