अनेरास्ववियु बझाङको १३ औं जिल्ला अधिबेशनबाट रुपक धामी सर्वसम्मतिले निर्वाचित भएको छन । यहीँ मङ्सिर १० गते उद्घघाटन भएको जिल्ला अधिवेशन आज सम्पन्न भएको हो ।
अनेरास्ववियु जिल्ला अध्यक्ष पुष्कर दौल्याल अधक्ष्यता मा सञ्चालित कार्यक्रममा केन्द्रीय सचिव तथा सुदुरपश्चिम ईन्चार्ज दिपक धामिको प्रमुख अतिथि रहनु भएको थियो । बिशिस्ट अतिथिमा नेकपा एमाले बझाङ ईन्चार्ज तथा केन्द्रीय सदस्य भैरव बहादुर सिँह , बिशिस्ट अतिथिमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश अध्यक्ष मनोज राई , अनेरास्ववियु सुदुरपश्चिम सचिव कमल रोकाया सहित नेता कार्यक्रताहरु को उपस्थिति रहेको थियो ।
१० गते उद्घघाटन भएको अनेरास्वबियु जिल्ला अधिवेशन आज सम्पन्न भएको हो ।अनेरास्वबियु केन्द्र र प्रदेश बाट आएको टोलिले सर्वसम्मतिले अध्यक्ष रुपक धामि को नेतृत्वमा उपाध्यक्ष लक्ष्मण गिरी , उपाध्यक्ष अञ्जना बोहरा, सचिवमा दिलिप अधिकारी , सह सचिवमा महेश जेठारा , राजेश कार्की सानू थापा र कोषाध्यक्षमा सुरेस जोशी चयन भएका छन् ।
नेकपा एमाले पार्टी कार्यालय बझाङमा आज सफत लिदै अनेरास्ववियुले आगामी दिनमा बझाङ विकास बारेमा अगाडि बढ्ने प्रतिवद्बता जनाएको छ । केन्द्रीय सचिव दिपक धामीले सबै पदाधिकारीहरुलाई पार्टी कार्यलय को हलमा सपथ खुवाउनु भएको थियो ।


