बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ
बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ ।
शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुकाम चैनपुर स्थित पुरानो पुरानो बसपार्कबाट प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाट खटेको टोलीले विशेष सूचनाका आधारमा जयपृथ्वी नगरपालिका-९ स्थित पुरानो बसपार्कमा सञ्चालनमा रहेको जगदम्बा होटलबाट ४ जना महिला र १ जना पुरुषलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनैतिक क्रियाकलापमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएकोहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेको प्रहरीको भनाइ छ।...




