Advertisement

Day: २०८३ असार १९, शुक्रबार १५:५५

बेंगलुरुमा बझाङका विजयराज भट्टको रहस्यमय मृत्यु : न्यायका लागि संसददेखि सडकसम्म आवाज, छानबिन र राहतको माग

बेंगलुरुमा बझाङका विजयराज भट्टको रहस्यमय मृत्यु : न्यायका लागि संसददेखि सडकसम्म आवाज, छानबिन र राहतको माग

समाचार
भारतको बेंगलुरुमा रोजगारीका क्रममा रहेका बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको रहस्यमय परिस्थितिमा मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन चौतर्फी दबाब बढ्दै गएको छ। प्राप्त जानकारीअनुसार भट्ट आफ्नै अपार्टमेन्टभित्र कुटपिटबाट गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई उनकी श्रीमतीलाई अपार्टमेन्टको गेटमा बोलाएर जिम्मा लगाइएको बताइएको छ। आफन्तहरू कोठामा पुग्दासम्म उनको मृत्यु भइसकेको थियो। घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भए पनि अन्य सम्भावित संलग्न व्यक्तिमाथि प्रभावकारी अनुसन्धान हुन नसकेको भन्दै परिवार तथा स्थानीय सरोकारवालाले निष्पक्ष, पारदर्शी र गहिरो छानबिनको माग गरेका छन्। स्वर्गीय भट्टका पछाडि दुई जना नाबालक सन्तान रहेका छन्। परिवारको आर्थिक अवस्थ...
औषधि ऐन उल्लङ्घन गर्नेविरुद्ध औषधि व्यवस्था विभाग, नेपालगन्जको कडा अभियान

औषधि ऐन उल्लङ्घन गर्नेविरुद्ध औषधि व्यवस्था विभाग, नेपालगन्जको कडा अभियान

समाचार
बाँकेको जानकी गाउँपालिका–१ जोगाउगाउँमा करिब डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता वा कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमाथि सरकारी निकायले कारबाही गरेको छ। औषधि बिक्री मात्र नभई बिरामीको उपचारसमेत गर्दै आएका ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि ऐन विपरीतको कसुरमा औषधि व्यवस्था विभाग, नेपालगन्ज र सुरक्षाकर्मीको संयुक्त टोलीले पक्राउ गरेको हो। औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहका अनुसार प्रारम्भिक अनुसन्धानबाट भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता नरहेको खुलेको छ। उनले आफ्नै घरलाई औषधि पसलका रूपमा प्रयोग गर्दै करिब १५ वर्षदेखि अवैध रूपमा औषधि बिक्री तथा बिरामीको उपचार गर्दै आएको पाइएको छ। भुजुवाले कानुनी अनुमति बिना औषधि सञ्चय गरी बिक्री–वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज