थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन
बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरणका लागि द्रुत कार्य (रेस नेपाल) बझाङको आयोजनामा तालिम सञ्चालन भइरहेको हो।
महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न तालिमको आयोजना गरिएको जनाइएको छ ।
असार १ गतेदेखि सुरु भएको तालिम असार ७ गतेसम्म सञ्चालन हुने रेस नेपालकी अध्यक्ष निशा धामीले जानकारी दिइन्। उनका अनुसार महिलाहरूलाई व्यवहारिक सीप प्रदान गर्दै स्वरोजगार तथा उद्यमशीलतामा जोड्न तालिम आयोजना गरिएको हो।
तालिममा सहभागी महिलाहरूलाई डल कुसन निर्माण गर्ने विधि, उत्पादनको गुणस्तर व्यवस्थापन, बजारीकरण तथा आयआर्जनका सम्भावनाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिँदैछ। गाउँपालिकाभित्रका ८ जना महिलाको सहभागिता रहेको उक्त तालिमको सहजीकरण प्रशिक्षक सुष्मा ओझा जैशीले गरिरहेकी छन्।
यससँगै...



