अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता
अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य संस्था पुर्याउन बाध्य छन्।
स्थानीय ८५ वर्षीय रंगबिरे साउँद बिरामी परेपछि स्थानीयले उनलाई पिठ्युँमा बोकेर स्वास्थ्य चौकीसम्म पुर्याएका हुन्। स्थानीय रमित साउँदले घरमै बिरामी परेका रन्बिरेलाई बोकेर वडास्थित स्वास्थ्य चौकीमा पुर्याएको बताएका छन्। साउँदले गाउँ बिरामी हुँदा अस्पताल सम्म पुर्याउन स्टेचर समेत नभएको गुनासो गरेका छन् ।
गाउँमा सडक सञ्जाल र सहज यातायातको अभावका कारण आकस्मिक बिरामी तथा ज्येष्ठ नागरिकलाई समयमै उपचारका लागि अस्पताल पुर्याउन कठिन हुने गरेको स्थानीयको गुनासो छ। वर्षौंदेखि आधारभूत पूर्वाधारको अभाव झेल्दै आएका स्थानीयले सडक र स्वास्थ्य पहुँच सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।...

