कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
वित्तीय साक्षरता बढाउने, बचत तथा ऋणको सही प्रयोगबारे जानकारी दिने र केन्द्र प्रमुखहरूबीच समन्वय बढाउन आयोजना गरिएको कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा डबल बहादुर साउँदको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले वित्तीय साक्षरताले नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने उल्लेख गर्दै लघुवित्त संस्थाहरूले ग्रामीण तहसम्म पुर्याइरहेको सेवाको प्रशंसा गरेका थिए ।
कार्यक्रमको सभाध्यक्षता केन्द्र नम्बर ०६१ की केन्द्र प्रमुख पुण्य कुमारी सुवेदी ले गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा भैरव बहादुर सिंह तथा पदम बहादुर कार्की रहनुभएको थियो ।
कार्यक्रममा सहभागीहर...

