बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी
बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ ।
बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी वैशाख १३ गतेदेखि वडा स्तरीय "प्रथम वडा अध्यक्ष कप २०८३" यु-१९ पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो।
युवा प्रतिभाको प्रोत्साहन र सामाजिक सद्भावका लागि आयोजित प्रतियोगितामा जिल्लाभरिका वडा स्तरीय टिमले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताले युवाहरूमा रहेको खेल प्रतिभाहरूलाई उजागर र स्थानीय प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास लिएको छ ।
प्रतियोगितामा बिजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमलाई २७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । म्यान अफ द सिरिज प्रमाण पत्र, मेडल र म्यान अफ द म्याच मेडलको व्य...

