बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण
बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको मध्य भेगमा पर्ने केदारस्यूँ गाउँपालिका- ९ झोता बजारमा हरेक वर्षझैं यस वर्ष पनि भव्य रूपमा मेला आयोजना गर्ने तयारी थालिएको हो।
नयाँ वर्षलाई सभ्य र भव्य रूपमा मनाउने उद्देश्यसहित मेला व्यवस्थापन समितिले विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद गतिविधि समेटेर कार्यक्रम तय गरेको छ। मेलाको मुख्य आकर्षणका रूपमा प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख २० हजार रुपैयाँ, द्वितीयलाई ६० हजार १ सय २० रुपैयाँ र तृतीय हुनेलाई ३५ हजार १ सय २० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यसैगरी, मेलामा मनोरञ्जनका लागि घैटीफोड तथा भाले पकड जस्ता परम्परागत खेलहरू पनि आयोजना गरिनेछन्। सांगीतिक मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरूक...

