नेपालका कम्युनिष्ट : हार्दा एकता, जित्दा फुट
नेपालका वामपन्थी दलहरूबीच पुनः एकता आवश्यक रहेको बहस चर्किएको छ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमजोर प्रदर्शनपछि साना-ठूला सबै वामपन्थी दलभित्र एकताको आवश्यकता सम्बन्धी छलफल तीव्र बनेको हो।
निर्वाचनअघि एकअर्काविरुद्ध कडा प्रतिस्पर्धामा उत्रिएका वाम दलहरू अहिले भने संयुक्त वक्तव्य जारी गर्दै र भेटघाट बढाउँदै सहकार्यतर्फ उन्मुख देखिएका छन्।
देशभर विभिन्न नाममा कम्तीमा नौ वामपन्थी दल चुनावमा सहभागी भएका थिए। तीमध्ये दुई दलले मात्र प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उल्लेख्य उपस्थिति कायम राख्न सके। नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट जित्दा, नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ।
युवाहरूको दबाब: रूपान्तरण र पुस्तान्तरणको माग
चुनावी परिणामपछि वामपन्थी युवाहरू पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको माग गर्दै सक्रिय भएका छन्। उनीह...


