अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत एजवर्थमा नेपाली स्वादका परिकार उपलब्ध गराउने ‘लेकाली स्ट्रीट फुड’ रेस्टुरेन्ट सञ्चालनमा आएको छ। शनिबार आयोजित कार्यक्रमबीच रेस्टुरेन्टको उद्घाटन गरिएको हो।
उक्त रेस्टुरेन्टमार्फत नेपाली मौलिक स्वादका परिकारहरू प्रवद्र्धन गर्ने उद्देश्य राखिएको सञ्चालकले बताएका छन्। यहाँ विशेषगरी ताजा मोमो, सबै शुद्ध नेपाली परिकार तथा हिमाली स्वादका परिकारहरू ग्राहकलाई उपलब्ध गराइने जनाइएको छ।
शनिबार दिउँसो १ बजे आयोजित उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। आयोजकले नेपाली स्वाद र संस्कृतिको झल्को दिने परिकारहरूको अनुभव लिन सबैलाई आमन्त्रण गरेका छन्।
रेस्टुरेन्ट एजवर्थस्थित Unit 2/13 Arnott Street मा सञ्चालनमा आएको हो। रेस्टुरेन्ट सम्बन्धी थप जानकारीका लागि 0449910977 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।
यसको सञ्चालन सुबास जोशी र पार्वती जोशीले गरेका हुन् ।


