युद्ध अन्त्यका लागि इरानको यस्तो सर्त
अमेरिका-इजरायलसँगको युद्ध अन्त्यका लागि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्त राखेका छन्।
रुस र पाकिस्तानका नेताहरूसँगको कुराकानीमा उनले मध्यपूर्व क्षेत्रमा शान्ति स्थापनाका लागि इरान प्रतिबद्ध रहेको दाबी गरे।
सामाजिक सञ्जाल एक्समा इरानका राष्ट्रपति पेजेस्कियानले लेखेका छन्, ‘इजरायल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो।’
इरान, अमेरिका र इजरायलबिच जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा अशान्ति उच्च रहेका बेला पेजेस्कियानको उक्त अभिव्यक्ति आएको हो।
मंगलबार मात्र इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी र इजरायली अड्डाहरूलाई निसाना बनाइएको बताएको थियो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा...



