Advertisement

धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव २०८२ आज समापन हुँदै

 २०८२ पुष ६, आईतवार १२:१८

धनगढी: धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ आज आईतबार औपचारिक रूपमा समापन गरिँदैछ।

मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव सुरुमा पुष २ गतेसम्म आयोजना गर्ने योजना रहे पनि दर्शकको उल्लेखनीय सहभागिता, बढ्दो चाप र सरोकारवालाहरूको मागलाई मध्यनजर गर्दै आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि ४ दिन थप गरेको थियो।

आयोजकले थपिएको अवधि पूरा भएपछि आज महोत्सव समापन गर्ने जानकारी दिएको छ। संघका महासचिव दिनेश लम्सालका अनुसार आज दिउँसो २ बजे समापन कार्यक्रम तय गरिएको छ।

उनले महोत्सवको अन्तिम दिन भएकाले दिउँसो २ बजेसम्म विभिन्न सांस्कृतिक प्रस्तुति रहने पनि बताए। २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९औँ संस्करण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज