अछाम- फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई बिजय गराउन रामारोशनका मतदाता एकीकृत भएका छन् ।
अछाम क्षेत्र नं १ का एमाले उम्मेदवार दिपक बहादुर साउँदलाई बहुमतले बिजय गराउन मतदाता एकीकृत भएका हुन् ।
नेकपा एमाले रामारोशन गाउँपालिका कमिटीको मुजाबगरमा सम्पन्न पाचौं बैठकले एमाले मतदाता उम्मेदवारलाई बिजय गराउन एकीकृत भएको जनाएको छ ।
पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीको प्रमुख उपस्थितिमा बसको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले गाउँ कमिटी अध्यक्ष भीष्म साउँदको संयोजकत्वमा ५५१ सदस्यीय पालिका निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीले उम्मेदवारलाई जिताउन सम्पूर्ण चुनावी अभियानलाई एउटै कमाण्डबाट, योजनाबद्ध, प्रभावकारी र अनुशासित ढंगले सञ्चालन कार्य गर्नेछ ।
त्यस्तै बैठकले नेशनल भोलेन्टियर फोर्स स्थापना गर्ने तथा वडा-वडा तहमा नियमित चुनावी बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रत्येक वडाका अध्यक्षहरूले संगठन र चुनावी तयारी सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले यो निर्वाचन देश जलाउने र देश बचाउने बिचको लडाइँ भएको बताएका थिए । उनीहरूले एमाले देश बचाउने पार्टी भएको उल्लेख्य गर्दै एमालेलाई मतदान गरि बिजय गराउने समेत अनुरोध गरिएको थियोे ।
प्रमुख अतिथि पार्टी प्रदेश अध्यक्ष जैसी रहेको कार्यक्रममा विशिष्ट अतिथि उम्मेदवार दिपक साउँद रहनु भएको थियोे
अतिथिहरूमा प्रदेश कमिटी सदस्य रामारोशन पालिका इन्चार्ज चक्र रावल , प्रदेश सल्लाहकार परिषद सदस्य लोकेन्द्र साउँद, जिल्ला उपाध्यक्ष तिलक कुँवर, जिल्ला सचिव हिरण्ड भट्टराई , युवा नेता गोविन्द साउँद , महादिवेशन प्रतिनिधि परिषद सदस्य डिबि साउँद, जिल्ला कमिटी सदस्यहरू अन्य नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन लालबहादुर बटाला गर्नुभएको छ ।


Become our partner now and start turning referrals into revenue!