Advertisement

युवाहरूको आकर्षणको केन्द्रमा दिपक साउँद

अछाम- देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिँदै गएको छ । फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आ-आफ्ना घोषणापत्रसहित घरदैलो कार्यक्रममा व्यस्त छन् ।
देशभर जस्तै अछाम क्षेत्र नं. १ मा पनि चुनावी चहलपहल बढेको छ । यही क्षेत्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका दिपक साउँद हाल युवाहरूको प्रमुख आकर्षणको केन्द्र बनेका छन् ।
विभिन्न कालखण्डमा राजनीति अनुभव सँगालेका युवा उम्मेदवार साउँद अहिले घरदैलो अभियानमा सक्रिय छन् । युवाहरूले साउँदलाई साथ दिने प्रतिबद्धता जनाउँदै आफ्ना समस्या खुलेर राखिरहेका छन् ।
थापा गाउँका युवाहरूले सडक सञ्जाल, खानेपानी, खेलमैदान, स्वास्थ्य र शिक्षाका समस्या साउँदसमक्ष राखेका छन् । स्थानीय युवा हेमराज थापा ले “नेताहरूले चुनावपछि बाचा भुल्ने गरेको” गुनासोसमेत गरेका थिए ।
त्यसको जवाफमा साउँदले चुनाव जितेपछि ती समस्या प्राथमिकताका साथ सम्बोधन गर्ने विश्वास दिलाए ।
“म जनता भन्दा टाढा जाँदिन, जनचाहनाअनुसार काम गर्छु र अछामका सबै समस्या संसदमा उठाउँछु,” उनले भने ।
साउँद विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । जिल्लाको स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रमा उनले उल्लेखनीय भूमिका खेलेको स्थानीयवासी बताउँछन् ।
स्थानीय फटिकराज रेग्मी का अनुसार, “दिपक साउँद जनता समस्यामा पर्दा अग्रपंक्तिमा उभिएर काम गर्ने नेता हुन् । उनले जिल्लाको खेलकुद विकास, शान्ति मन्त्रालयमार्फत विद्यालय भवन निर्माण, हजारौँ द्वन्द्वपीडितलाई राहत उपलब्ध गराउने जस्ता महत्त्वपूर्ण काम गरेका छन् ।”
साउँदले उम्मेदवार जितेपछि हराउने प्रवृत्तिलाई जनतामाथिको अन्याय भन्दै आफू भुइँमान्छे भएको र चुनाव जिते जनताको आवाज बनेर संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज