पुरानो रुख भयो भन्दैमा काटिहाल्नुपर्ने हो कि त्यसैबाट कलमी गरेर नयाँ जीवन दिनुपर्ने हो ? यही प्रश्नमार्फत नेपाली कांग्रेसको वर्तमान अवस्थालाई कृषि विज्ञानसँग तुलना गर्दै यो लेखले राजनीतिक विमर्श अघि सारेको छ।
बुढो रुखले फल कम दिन सक्छ, तर त्यसको जरा बलियो र स्वाद गहिरो हुने उदाहरण गाउँघरमै देख्न सकिन्छ। बुढा आँप र कटहरका रुखले थोरै फल दिए पनि गुणस्तरमा आजका नयाँ रुखलाई उछिन्न सकिरहेका छैनन्। त्यसैले ‘पुरानो भयो’ भन्दैमा रुख काट्नु बुद्धिमानी होइन, त्यसलाई जोगाएर सुधार गर्नु नै दिगो उपाय हो भन्ने तर्क यहाँ प्रस्तुत गरिएको छ।
यही सन्दर्भलाई राजनीतिसँग जोड्दै नेपाली कांग्रेसलाई ‘पुरानो रुख’को संज्ञा दिइएको छ। कमजोरी, थकान र आन्तरिक समस्याहरू देखिए पनि कांग्रेस काट्नुपर्ने होइन, सुधार र कलमीमार्फत नयाँ ऊर्जा दिनुपर्ने पार्टी भएको उल्लेख गरिएको छ।
नेता गगन थापाको “नेपाली कांग्रेस लास र दासहरूको पार्टी होइन” भन्ने भनाइलाई उद्धृत गर्दै लेखमा व्यङ्ग्यात्मक प्रश्न उठाइएको छ—यदि पार्टी लास र दासहरूको होइन भने, यतिका वर्ष किन त्यस्तै अवस्थामा चलिरहेको जस्तो देखियो ? यो प्रश्नमार्फत आत्मसमिक्षाको खाँचो औंल्याइएको छ।
लेखमा पार्टीभित्रका विवाद सार्वजनिक रूपमा होइन, घरभित्रै समाधान गर्नुपर्नेमा जोड दिइएको छ। विभाजनभन्दा एकता ठूलो हुने, फुटाउनेभन्दा जुटाउने नेताहरूलाई नै इतिहासले सम्झिने तर्क स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
अन्त्यमा लेखकले स्पष्ट सन्देश दिएका छन्रा- जनीति होस् वा खेती, दिगो भविष्य कटानबाट होइन, कलमी, सुधार र एकताबाट सम्भव हुन्छ।
लेखक- मनिष धामी (मनोज)
सुदूरपश्चिम विश्वविद्यालय
स्कुल अफ एग्रिकल्चर, टिकापुर, कैलाली
(स्वतन्त्र विद्यार्थी युनियन सदस्य)


Boost your earnings effortlessly—become our affiliate!