बझाङमा प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बझाङ- बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा शुक्रबार औपचारिक रूपमा कार्यालय स्थापना गरिएको हो।
बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालय उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिए।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बनेपालीले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको समेत बताए । उनलेे निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार सञ्चालन गरिने पनि उल्लेख गरे।
कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी उजुरी दर्ता, व्यवस्थापन, समन्वय तथा अन्य प्रशासनिक का...



