रमित ओली, धनगढी- धनगढीमा ० देखि १० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै उत्कृष्ट एक–स्टप बाल सामग्री पसल ‘जिरो टु टेन’ सञ्चालनमा आउने भएको छ। बालबालिकाले मन पराउने लुगा, खेलौना, शैक्षिक सामग्री तथा आवश्यक अन्य सामानहरूको आकर्षक र गुणस्तरीय संग्रह एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित पसल चाँडै सञ्चालनमा ल्याउन लागिएको हो।
सञ्चालक अविरल रोकायाका अनुसार ‘जिरो टु टेन’ ले अभिभावकहरूलाई सहज किनमेलको अनुभव प्रदान गर्नेछ भने बालबालिकाका लागि सुरक्षित, उपयोगी र रुचिपूर्ण सामग्रीहरू उपलब्ध गराउनेछ।
पसल धनगढी उपमहानगरपालिका- ४, रातोपूलस्थित डीबी कम्प्लेक्स, नवजीवन अस्पतालको अगाडि अवस्थित रहनेछ। पसलको औपचारिक उद्घाटन मिति भने छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।

