युवा समाजसेवी करन साउद प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस
कैलाली: बिगत लामो समयदेखि पार्टीगत तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै समाजसेवामा समर्पित युवा करन साउद आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कैलाली जिल्ला क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा सिफारिस हुनुभएको छ।
साउद राजनीति पेशा नभई समाजसेवाको माध्यम हो भन्ने मान्यतासहित निरन्तर जनसेवामा सक्रिय रहँदै आउनु भएको छ। उहाँ समाजका हरेक आवश्यकता र समस्यामा अगाडि आएर सेवा गर्दै हिँड्ने असल, कर्मशील र लोकप्रिय युवा पात्रका रूपमा परिचित हुनुहुन्छ। “राजनीति मेरो समाजसेवा हो,” भन्ने स्पष्ट धारणा राख्दै उहाँले राजनीति पैसाका लागि होइन, समाज परिवर्तनका लागि हुनुपर्छ भन्ने सन्देश दिंदै आउनु भएको छ।
राजनीतिलाई केहीले पैसा कमाउने माध्यम बनाइरहेको आरोप लागिरहेका बेला साउदले भने त्यसप्रति असहमति जनाउँदै राजनीतिलाई सेवाभावबाट हेर्नुपर्ने बताउनु हुन्छ। उहाँ बिगत ७–८ व...

