एनपीएल क्रिकेट सम्पन्न, कसले के पुरस्कार जिते ?
काठमाण्डौ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सम्पन्न भएको छ । यही मंसिर १ गतेदेखि काठमाण्डौको त्रिवि क्रिकेट रङ्गशालामा शुरू भएको प्रतियोगिता हिजो सनिवार फाइनल खेलसँगै समापन भएको हो ।
प्रतियोगितामा आठ टोली सहभागी थिए । साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पहिलो पटक फाइनलमा पुगेको लुम्बिनी लायन्स उपाधिका लागि खेले । सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएल क्रिकेटको दोस्रो सिजनको विजेता बन्न सफल भएको छ । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता बन्यो । अघिल्लो संस्करणमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको थियो ।
हिजोको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एन...

