Advertisement

Day: २०८२ मंसिर २, मंगलवार १०:५४

दुर्गाथलिको जाफ्रीमा गैरी क्रिकेट खेल मैदान निर्माण हुँदै, सोमबार सिलान्यास

दुर्गाथलिको जाफ्रीमा गैरी क्रिकेट खेल मैदान निर्माण हुँदै, सोमबार सिलान्यास

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीस्थित गैरी क्रिकेट खेल मैदानको सोमबार एक कार्यक्रमका बीच सिलान्यास गरिएको छ। दुर्गाथलि जनचेतना युवा समाज जाफ्रीको पहलमा गरिएको उक्त सिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्राविधिक टोली, जनप्रतिनिधि, स्थानीय अभिभावक तथा युवाहरूको उपस्थितिमा खेल मैदान निर्माणको औपचारिक सुरुवात गरिएको हो। स्थानीयको वर्षौँदेखिको सपना साकार पार्नका लागि खेल मैदानका निम्ति जग्गा उपलब्ध गराउने जग्गादाताहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै समाजले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गरेको छ। समाजका पदाधिकारीहरुले खेल मैदान निर्माणका क्रममा भएका कमी–कमजोरीलाई क्षमा गरी आगामी दिनमा पनि सकारात्मक सहयोग तथा सुझावका लागि अनुरोध गरेका छन्। उनीहरूका अनुसार, “गाउँबासीबीचको एकता र सहकार्य नै विकासको आधार हो, र यसको जीवन्त उदाहरण अहिले निर्...
एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हिजोदेखि शुरू भएको हो । उद्घाटन खेलमा हिजो काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।  ...
एनपीएलमा काठमाण्डु गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

एनपीएलमा काठमाण्डु गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– काठमाण्डु गोखार्जले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजयी शुरुआत गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । काठमाण्डुका बेन चाल्र्सवर्थले ४६, आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए । काठमाण्डुका ललित राजवंशी, निकोल लोफ्टी इटन, सन्जय कृष्णमूर्ती, किशोर महतो र अनिल साहले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जनकपुरका आसिफ शेखले ५४, मयन यादवले अविजित ३४ रन बनाए । काठमाण्डुका मिलिन्द कुमारले ३ विकेट लिए । साेमबारदेखि शुरू भएको एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्ज...
कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेन्, शिलान्यासको चार वर्ष बित्यो

कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेन्, शिलान्यासको चार वर्ष बित्यो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- तीस वर्षअघि २०५२ सालमा प्रस्ताव भएको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन। विक्रम संवत् २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको साढे चार वर्ष बितिसक्दा पनि सरकारी प्रक्रियागत ढिलाइका कारण अझै ‘फिल्ड’मा काम सुरु हुन सकेको छैन। दैजीछेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका लागि रूख कटान अनुमतिको प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको बताए। नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट शाखा कार्यालय नेपाल औद्योगिक क्षेत्रले दैजी औद्योगिक क्षेत्रको काम हेर्छ। औद्योगिक क्षेत्र शिलान्यास भएको ठीक एक वर्षपछि दैजीमा औद्योगिक क्षेत्रको कार्यालय २०७९ फागुनमा स्थापना गरिएको हो। कार्यालय स्थापना भए पनि कार्यालय सहयोगीको भरमा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय सञ्चालनमा छ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएकाे छ । आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो । प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए । यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुट्नुभएको थियो । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनरत हुनुहुन्थ्यो । प्रसाई मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरिराख्नुभएको थियो। यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ...
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले साेमबार हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गएको वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो । गएको जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा एक हजार चार सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ जसमध्ये धेरैजसो सुरक्षा बलको गोलीबाट मारिएका थिए । यो प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन हसिना जिम्मेवार रहेको अदालतले ठहर गरेको छ । हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । यही प्रदर्शनका कारण हसिनाले सत्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज