अध्यक्ष शाहीद्वारा भैरव मावि झोतामा पूर्व विद्यार्थी एकता समाज गठन, १० हजारको अक्षयकोष
बझाङ- जिल्लाको केदारस्यूँ गाउँपालिका–९ झोतास्थित भैरव माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी एकता समाज गठन गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र कुमार शाहीको पहलमा कार्तिक १७ गते समाज गठन गरिएको हो।
नयाँ अध्यक्ष शाहीले जिम्मेवारी सम्हालेको दिनमै विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई सबल बनाउन, शैक्षिक सुधारमा योगदान पुर्याउन तथा विद्यार्थी हितमा दीर्घकालीन सहयोगको उद्देश्यसहित समाजको संरचना बनाएका हुन्।
अध्यक्ष शाहीले समाज गठनकन्ह निर्णय गर्दै सुरुमा आफैबाट १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषलाई आगामी दिनमा विस्तार गर्दै विद्यालयमा अध्ययनरत असहाय, अशक्त, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय पोशाक लगायत सहयोग प्रदान गरिने बताइएको छ।
विद्यालय–समुदाय सम्बन्ध सुदृढतिर
उक्त निर्णयअनुसार समाजले विद्यालयमा देखापर्ने आकस्म...

