Advertisement

Day: २०८२ कार्तिक २०, बिहीबार १६:०४

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका-१ खुल्मौर भैंसीगौड घर भएकी ३५ वर्षीय बोहराको बिहिवार बिहान खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । गाई बस्तुका लागि खर (गाजो) काट्नका लागि बिहानै बैतडीको सिगास गाउँपालिका-९ च्वागड गौर्खा गएकी बोहरा भीरबाट लडेकी थिइन् । भीरबाट डेढ सय मिटर तल खसेकी बोहराको उद्धारका क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष मानबहादुर बोहराले जानकारी दिए । भीरबाट लडेर मृत्यु भएकी बोहराको आजै अन्तिम दाहसंस्कार गरिएको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा बोहरा नेकपा एमालेबाट वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् । बोहराको घरमा श्रीमान सासु ससुरा रहेका छन् । सुदूरपश्चिम वर्षेनी घाँस तथा खर काट्ने क्रममा नागरिकले ज्यान गुमाउँदै आएका छन् । स्थानीयले जोखिमयुक्त भीर र भिरालो ...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले संघीय सरकारले गरेको खर्च कटौतीका निर्देशनप्रति असन्तुष्टि जनाउँदै यस्तो समझदारी गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, “मन्त्री र सांसदले पाउँदै आएको स्वकीय सचिवको सुविधा यथावत् राख्ने सहमति भएको छ।” संघीय सरकारले हालै खर्च कटौतीका सन्दर्भमा प्रदेश सांसद र मन्त्रीका सचिवालय खारेज गर्न निर्देशन दिएको थियो। तर मंगलबार अर्थ मन्त्रालयले “प्रदेशका काम प्रदेश र संघीय कानुनबमोजिम हुने” भन्ने पत्र पठाएपछि सुदूरपश्चिम सरकारले आफ्नै कानुनअनुसार निर्णय गर्ने निचोडमा पुगेको हो। सभामुख भीमबहादुर भण्डारीले भने, “प्रदेशका कामहरू प्रदेश कानुनअनुसार अघि बढ्छन्।” बैठकमा मुख्यमन्त्री शाह, सभामुख भण्डारी, एमालेका नेता राजेन्द्रसिंह राव...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएपछि श्रृङ्खला निराशाजनक रूपमा समाप्त भएको हो। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनायो। जवाफमा यूएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य भेटायो। नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन जोडे भने कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७ र आसिफ शेखले ३४ रन बनाए। बलिङतर्फ करण केसीले ३ विकेट लिए, नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे। यूएईका मोहम्मद शहदादले शानदार ९६ रनको पारी खेले भने जुनैद सिद्दीकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान २–२ विकेट लिए। नेपाल यसअघि यूएईसँग पहिलो खेलमा ५ विकेटले र अमेरिकासँग क्रमशः १०६ रन र ४ विकेटले पराजित भएको थियो। यो हारपछि नेपालले २० खेलबाट १२ अंकसहि...
प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार देशमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो । त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने बताउनुभयो । पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा भएको चुनावको अनुभव सुनाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  रासस...
मतदाता नामावली संकलनमा जनताको उत्साह बढ्दै

मतदाता नामावली संकलनमा जनताको उत्साह बढ्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप सुरु गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा जनताको सहभागिता क्रमशः बढ्दै गएको छ। दशैँ, तिहार र छठ पर्वका कारण केही समय सहभागिता कम देखिए पनि पछिल्ला दिनमा मतदाता नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार सातै प्रदेश र सबै जिल्लाका निर्वाचन कार्यालयमा दैनिक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन र अद्यावधिकको काम भइरहेको छ। असोज ९ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। यो अभियान यस महिनाभर जारी रहनेछ। १६ वर्ष उमेर पूरा गरी नागरिकता लिएका व्यक्तिले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्। तर फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न चाहनेले भने फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेको हुनुपर्छ। ना...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज