बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
शुभ दिपावली तथा छट पर्वको अवसरमा भोपुर युवा समाजले आयोजना गरेको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । भोपुर युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिमा वडा अध्यक्ष सर्जन थापा र जयपृथ्वी नगरपालिका खेलकुद समिति अध्यक्ष सुरेन्द्र सिंह रहेका थिए।
प्रतियोगितामा पुरुष तर्फ १८ टिम र महिला तर्फ ३ टिमले सहभागिता जनाएको शैलेन्द्र हमालले जानकारी दिए।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ७१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद ३२ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई नगद ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, र द्वितीय टिमलाई नगद ४ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।