धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतको अन्तरले पराजित गरे।
ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् भने स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे। त्यस्तै, उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) विजयी भएका छन्।
महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन्। उनले सुरेश पाण्डेलाई पराजित गरे। त्यसैगरी, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भएका छन् — दुवै स्वाँर प्यानलबाट उम्मेदवार थिए।
सदस्यतर्फ शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा दुई हजार तीन सय ३५ मतदातामध्ये एक हजार नौ सय ४० जनाले मतदान गरेका थिए। नौ पदाधिकारी र १३ सदस्यसहित २२ पदका लागि ५० जनाले उम्मेदवारी दिएका थिए।