
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो
धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा यूएईलाई ३ बलमा ३ रन आवश्यक रहँदा लगातार ३ विकेट गुमाउँदा नेपालले नजिकको जित दर्ता गर्न सफल भयो।
अन्तिम ओभर बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै नेपाललाई जित दिलाए।
यूएईका लागि आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।
यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जित...