धनगढीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
धनगढी- कैलालीको धनगढीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ धनगढी उपमहानगरपालिका–७ जेपी चोक नजिक रोकी राखिएको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी–१२ का १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकको पछाडिको भागमा ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको हो। उक्त ट्रक र चालक चुरे गाउँपालिका–३ का २९ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही मोटरसाइकलले धनगढी–१२ सी गाउँ बस्ने ७० वर्षीय मना पार्कीलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते पार्कीको उपचार हाल नि...




