काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। उनले पार्टीका केन्द्रीय सदस्यहरूको ग्रुपमा लेख्दै पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गर्ने प्रवृत्ति र गल्ती स्वीकार नगर्ने संस्कारका कारण आफूले पार्टी छोड्ने निर्णय गरेको उल्लेख गरेकी छन्।
सुमना श्रेष्ठले भनिन्, “राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको बेला देखि आलोचना गर्दै आएको हुँ। तर त्यसले कुनै फरक पारेन, उल्टै मिडिया ट्रायल हुन थाल्यो। अब मैले पार्टी छोडेँ।”