Advertisement

Day: २०८२ भाद्र २१, शनिबार १०:२२

मनसुन सक्रिय : देशभर बदली, पहाडी क्षेत्रमा मध्यम वर्षा सम्भावना

मनसुन सक्रिय : देशभर बदली, पहाडी क्षेत्रमा मध्यम वर्षा सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था देखिएको छ। आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। आज राति पनि कोशी प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज