
बझाङमा इलाका प्रशासन कार्यालय विवाद : देउराबासीको विरोध, टुंगो जिल्ला सभाबाट
बझाङ– इलाका प्रशासन कार्यालय केदारस्युँ गाउँपालिका–१ देउरामा तोकेको भए पनि केही समूहले स्थान परिवर्तनको प्रयास गरेको भन्दै देउरावासीले घोर आपत्ति जनाएका छन्। नेपाल सरकारले इलाका प्रशासन कार्यालयले देउरामा तोकेको भए पनि अन्यत्र सार्ने प्रयास भएको भन्दै शुक्रबार देउरावासीले घोर आपत्ति जनाएका हुन् ।
इलाका प्रशासन कार्यालयको स्थान परिवर्तनको प्रयास विरुद्ध देउरावासीले गाउँपालिकामा विरोधसहित ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले गाउँपालिका मार्फत जिल्ला प्रशासन कार्यालय चैनपुर र जिल्ला समन्वय समिति चैनपुरलाई ज्ञापनपत्र बुझाए ।
इलाका प्रशासन कार्यालय स्थापनाका लागि आवश्यक पर्ने सबै सेवाहरू देउरामा रहेको स्थानीय उत्तम भण्डारीले बताए । उनले भने देउरा क्षेत्र नं २ को मध्य भागमा पर्छ, जहाँ हुलाक, बैंक, अस्पताल, स्थायी प्रहरी कार्यालय, गाउँपालिकाको कार्यालयसहितका विभिन्न सेवा प्रदायक निकायहरू उपलब्ध छ...