
बाह्रदेउ क्याम्पस पूर्वतयारी समिक्षा, उपाध्यक्ष धामी सञ्चालक समिति अध्यक्ष, दुई लाखभन्दा बढी चन्दा संकलन
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-६ भाडसैनमा सञ्चालनको तयारीमा रहेको बाह्रदेउ क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको छ । १७ भदौ मंगलबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीको उपस्थितिमा क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको हो ।
समिक्षाबाट २ वर्ष लामो संघर्षपश्चात् सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई के कसरी सञ्चालन गर्ने, आर्थिक संकलन, तथा सञ्चालक समिति गठन लगायतका निर्णय गरेको छ ।
पूर्वतयारी कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर धामीले २०८० सालदेखि माथिल्लो क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै क्याम्पस सञ्चालनको तयारीमा जुटेको बताए । त्यस्तै यश क्षेत्रका नागरिक ,शिक्षाप्रेमी , वडाका जनप्रतिनिधि, राजनीतिज्ञ,शिक्षक लगायत गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र उपाध्यक्ष मनिषा धाम...