बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल
बझाङ- चार वर्षअघि बाढीले बगाएको झुलुङ्गे पुल पुनः निर्माण गरिएको छ। केदारस्यूँ गाउँपालिकाको देउरा र थलारा गाउँपालिकाको रेगम जोड्ने सेती नदीमाथिको उक्त पुल पुनःनिर्माण गरिएको हो।
२०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएपछि स्थानीयले झण्डै चार वर्ष सास्ती भोग्नुपरेको थियो। पुल बग्दा थलारा गाउँपालिका–१ र २ का सबै गाउँसँगै डोटी जिल्लाका केही बस्तीका बासिन्दा समेत आवतजावतमा समस्यामा परेका थिए।
पुल नभएपछि रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायतका गाउँका स्थानीयलाई उपभोग्य सामान किन्न, बिरामीलाई स्वास्थ्य संस्थामा लैजान र विद्यार्थीलाई विद्यालय पुग्न समेत कठिनाइ हुने गरेको थियो। आपतकालीन रूपमा दुवै पालिकाले हिउँदमा अस्थायी काठेपुल बनाएर आवतजावतलाई सहज बनाउने प्रयास गरे पनि बर्खामा नदीमा पानी बढ्दा पुल बग्ने भएकाले समस्या दोहोरि...



