Advertisement

धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

Advertisement

धनगढी: पोखरा विश्वविद्यालय अन्तर्गतका बिबिए, बिएचएम, बिबिए (फाइनान्स) कार्यक्रमहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमीले निःशुल्क छात्रवृत्ति प्रवेश तयारी कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।

शिक्षा क्षेत्रमा धेरै अनुभव संगाल्दै आएको एनडब्लुए कलेजले आगामी श्रावण ७ गते बिहान ८:३० बजेदेखि तयारी कक्षा प्रारम्भ गर्ने जनाएको छ। उक्त तयारी कक्षा विशेषगरी हालसालै प्रवीणता तह परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरिएको हो ।

कलेजका निर्देशक शैलेस सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “हामी निःशुल्क छात्रवृत्तिका कक्षाहरू सञ्चालन गर्न गइरहेका छौं । यसमा आफ्ना नानी–बाबुहरूलाई समावेश गर्दै, पोखरा विश्वविद्यालयबाट प्रदान गरिने छात्रवृत्तिको अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछौं।”

विद्यार्थीहरूलाई गुणस्तरीय तयारी गराई पोखरा विश्वविद्यालय अन्तर्गतको छात्रवृत्ति परीक्षामा सफल बनाउन कलेजले अनुभवी शिक्षकमण्डलद्वारा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । साथै, छात्रवृत्तिको पूर्ण फाइदा लिन विद्यार्थीहरूलाई समयमै पञ्जीकरण गर्न कलेजले आग्रह गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङमा ५ दिनदेखि बेपत्ता सिंह मृत भेटिए

बझाङ -  बझाङमा चैत्र १९ गतेदेखि बेपत्ता भएका थलारा गाउँपालिका–५ तल्लो दुवालीका ५८ वर्षीय लालबहादुर सिंहको शव ५ दिनपछि सेती नदीमा ब...
कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

धनगढी- कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा दुवै पक्षका कैदीबन्दीहरू घाइते भए...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज