Advertisement

Day: २०८२ जेष्ठ २४, शनिबार ०८:५०

अमेरिकामा एउटै घरमा चार नेपाली मृत फेला, हत्या हो वा आत्महत्या ?

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय
अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना मृत फेला परेका हुन् । दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या हो अथवा आत्महत्या भनेर अनुसन्धान गरिरहेको एनबीसीवासिङटन अनलाइनले जनाएको छ । मृत्यु हुनेमा दुई वर्षीय बालक, आठ वर्षीया बालिका, ३८ वर्षका सन्तोष परियार र ३६ वर्षकी अञ्जु श्रेष्ठ रहेका समाचारमा उल्लेख छ । छिमेकीहरूले बताएअनुसार उनीहरू ६ महिनाअगाडि नेपालबाट अमेरिका गएका थिए । चारै जनाको शरीरमा गोली लागेको स्पष्ट चोट छ । गोली लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बन्दुक बरामद भएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज